• आश्विन २० २०८१, आईतवार

कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ

असार २४ २०८१, आईतवार

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ परेकी छन् । आइतबार बिहान भक्तपुरको बालकोटस्थित गजुरेलको घरमा पुगेकी ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार घरमा ताला लगाउन भन्दै ढकाल पुगेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यद्यपि उनीविरूद्ध प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान थालेको डिएसपी कार्कीले बताए ।

‘तीन–चार दिनअघि उहाँ विरूद्ध साइबर अपराधमा जाहेरी आएको थियो,’ उनले भने, ‘आज बिहान उहाँ घर पुग्नुभएपछि पक्राउ पर्नुभयो । हामीले साइबर अपराधमा अनुसन्धान थालेका छौं ।’ गजुरेल र ढकालबीच सम्बन्ध बिच्छेद भइसकेको छ ।