• आश्विन १९ २०८१, शनिबार

रामबहादुरको छोरा र बेचन झा समातिएपछि ओली र देउवा अत्तालिए : विश्लेषक पुरञ्जन आचार्य

असार २४ २०८१, आईतवार

काठमाडौं । कांग्रेस निकट राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूलठूला भ्रष्टाचारका फाइल खुल्ने थाहा पाएपछि केपी ओली र शेरबहादुर देउवाहरु एक ठाउँमा उभिएको आशंका व्यक्त गरेका छन् ।

सानोतिनो समस्यामै देउवाले विचार परिवर्तन गरिहालेको इतिहास नभएको भन्दै उनले पारिवारिक समस्याका कारण यसपटक देउवाले प्रचण्डलाई छोडेर ओली नजिक गएको हुनसक्ने उनको भनाई रहेको छ । पत्रकार ऋषि धमलासितको कुराकानीमा उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

रामबहादुर थापाको छोरा प्रतिक पक्राउ परेपछि ओलीलाई र बेचन झा पक्राउ परेपछि आरजु राणालाई समस्या परेपछि ओली र देउवा एक ठाउँ आएर सरकार बनाउन थालेको विश्लेषक आचार्यले भनाई रहेको छ ।

केही दिन अघि मात्र गृहमन्त्री रवि लामिछानेले आफूले भ्रष्टाचारका २५ वटा फाइल खोल्न सुरु गर्दाबित्तिकै प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पारिएको बताएका थिए । विश्लेषक आचार्यले प्रचण्ड र रविको केपी ओली र देउवामाथि बक्र दृष्टि रहेको बताए ।

गिरीबन्धु, नक्कली भुटानी शरणार्थी काण्ड, ललितानिवास र सम्पत्ति शुद्धिकरणमा केही मानिसहरुको अनुसन्धान गर्दा केपी ओली र देउवाका नजिकका भेटिएकोले उनीहरु डराएको केही नेताहरुले आफूलाई बताएको उनको भनाई छ ।