• जेष्ठ ३ २०८३, आईतवार

सहरमा पस्यो हनुमन्ते खोलाको बाढी

असार २२ २०८१, शनिबार

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ ।

शुक्रवार रातिदेखि नै अविरल वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरूलाई सतर्क रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्वासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ ।

यता भक्तपुरको हनुमन्ते खोला खोला बढेर घरमा पसेको छ । साथै खोला छेउका सडकहरू डुबानमा परेका छन् ।