काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिन लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
मधेश प्रदेशसभामा चौथो ठूलो दलका रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन् । कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेशसभामा बहुमत पाउने पक्का भएको छ ।
मधेश प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७ तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १९१ प्रदेशसभा सदस्य छन् ।