• आश्विन १९ २०८१, शनिबार

सहकारी संचालक पक्राउ

असार २३ २०८१, शनिबार

काठमाडौं ।  काठमाडौंमा प्रहरीले सहकारी संचालकलाई पक्राउ गरेको छ ।
सुकेधारा स्थित आईडियल यमूना हाम्रो वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।

६५ जना बचतकर्ताहरुबाट नौ करोड छब्बीस लाख नौ हजार छ सय चौसट्ठी रुपैयाँ अपचलन गरी ठगी गरेको अभियोगमा प्रहरीले उप्रेतीलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।