काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल असार १२ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बुधबार अमेरिकी डलर, युरो र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको छ भने बेलायती पाउण्डको विनिमयदर बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा पुगेको छ।
युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ शून्य पैसा र बिक्री दर १६९ रुपैयाँ ७७ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।