• मंसिर १२ २०८१, बुधबार

अमेरिकाले भारतलाई दियो १११ रनको लक्ष्य

जेष्ठ ३० २०८१, बुधबार

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा अमेरिकाले भारतविरुद्ध १११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  बुधबार न्यूयोर्कमा जारी खेलमा टस हारेर फिल्डिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११० रनको योगफल खडा गरेको हो ।

अमेरिकाका नितिश कुमारले सर्वाधिक २७ रन बनाए । स्टेभन टेलरले २४, कोरी एन्डरसनले १५, स्याडेली भान स्कलक्वकले ११ र हर्मित सिंहले १० रन थपे । अमेरिकालाई सस्तैमा समेट्न भारतका अर्शदीप सिंहले चार विकेट लिए । चार ओभर बलिङ गरेका अर्शदीपले नौ रनमात्र खर्चिए । हार्दिक पन्ड्याले दुई र अक्षर पटेलले एक विकेट हात पारे ।

प्रतियोगितामा आज दुवै टिम लगातार तेस्रो जितको खोजीमा छन् । यसअघि पहिलो खेलमा भारतले आयरल्यान्डविरुद्ध आठ विकेटको र पाकिस्तानविरुद्ध ६ रनको जित निकालेको थियो । यस्तै, अमेरिकाले पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको र दोस्रो खेलमा पाकिस्तानविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको सुपर–८ मा स्थान निश्चित गर्नेछ ।