• मंसिर १३ २०८१, बिहीबार

इरानका राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकोप्टर दुर्घटना

जेष्ठ ६ २०८१, आईतवार

काठमाडौं‌ । इरानका राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकोप्टर दुर्घटना भएको छ । अजरबैजानको एक प्रान्तमा उक्त हेलिकोप्टर दुर्घटना भएको एजेन्सीहरूले उल्लेख गरेका छन् ।

हेलिकोप्टरमा विदेशमन्त्री हुसैन अमिर-अब्दुल्लाहियन समेत सवार थिए । उनीहरूको अवस्थाबारे केही खुलेको छैन । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति र गृहमन्त्री सवार हेलिकोप्टर दुर्घटना भएको पुष्टि गरेका छन् ।

हेलिकोप्टरमा अजरबैजान प्रान्तका गर्भनर लगायत भिआईपीहरू सवार रहेको बताइएको छ । इरानको सरकारी मिडियाका अनुसार मौसम प्रतिकुल बनेपछि हेलिकोप्टर ल्यान्डिङ गर्न सकेको थिएन । ’फोर्स ल्यान्डिङ’का क्रममा हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने अनुमान सरकारी मिडियाको छ ।