६ जेठ, काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशङ्कामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम भने प्रहरीले गोप्य राखेको छ ।
लागुऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे विस्तृत विवरण आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने जिल्ल प्रहरी परिसरका काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर-९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।
खोटाङको मजुवागढी गाउँपालिका-१ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईं तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो ।