• मंसिर १२ २०८१, बुधबार

यसरी पेट दुखेको ठीक हुन्छ

जेष्ठ ६ २०८१, आईतवार

गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ । यो समस्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन् । विशेषज्ञका अनुसार दिनदिनै यी उपाय अपनाएर पाचनप्रणालीलाई सुधार्न सकिन्छ ।

दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो मिसाउनुस् । अब त्यसमा आधी चम्चा सुकेको अदुवाको धूलो हाल्नुस् । यो घोललाई मधुरो आगोमा पाँच मिनेटसम्म तताएर काँढा बनाउनुस् । चार चार चम्चा बिहान र बेलुका पिउनुस् । पेट ठीक हुन्छ ।

आधी आधी चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका खाने गर्नुस् ।

दिनदिनै दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउनुस् ।

एक कप पानीमा एक-एक चम्चा जीरा र सूप हालेर उमाल्नुस् । मनतातो भएपछि पिउनुस् ।

दिनदिनै हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट राख्नुस् ।

एक चौथाइ चम्चा सुकेको अदुवाको धूलो, एक चम्चा सूप र आधी चम्चा मिश्री मिसाएर दिनदिनै बिहान बेलुका खानुस् ।