• मंसिर १३ २०८१, बिहीबार

सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

जेष्ठ ४ २०८१, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ । शुक्रबार दिउँसो काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि नेविसंघले प्रदर्शन गरेको हो । उनीहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

प्रदर्शन गरेसँगै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।उनीहरूले संसद भवन अगाडि नाराबाजी गरेका थिए । त्यस्तै, निधारमा कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।

प्रदर्शन गरेसँगै प्रहरीले संसद भवन आसपास सुरक्षा बढाएको हो ।