काठमाडौँ । मोहन वैद्य निकट अखिल (क्रान्तिकारी)ले गृहमन्त्री रवि लामिछानेको पुतला जलाएको छ । बिहीबार सो सङ्गठनले आफ्ना संयोजक मिलन राईलाई पक्राउ गरिएको विरोधमा देशभर गृहमन्त्रीको पुतला जलाएको उपाध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए ।
केही दिनअघि प्रहरीले राईलाई राजधानीको बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो भने उनीविरुद्ध प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
संयोजक राईको रिहाइ नभए आइतबार देशव्यापी शैक्षिक हड्तालको गर्ने यसअघि नै घोषणा गरिएको शाहको भनाइ छ ।