काठमाडाै । ललितपुरको कुपन्डोलमा आगलागी भएको छ । ललितपुर महानगरपालिका(१० कानदेवता स्थित हाम्रो सगरमाथा बहुउद्धेश्यीय सहकारी लिमिटेड रहेको भवनमा बिहीबार बिहान आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले अहिले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिएका छन् । ८ तले भवनको छैटौं तलामा आगो लागेको हो। अहिले नियन्त्रणा आइसकेको छ, उनले भने ।
एसपी सुवेदीका अनुसार छैटौं तलामा धुँवा पुतपुताएको जस्तो देखिनासाथ दमकल र सुरक्षाकर्मी पुगेका थिए । ललितपुर महानगरपालिकाका तीन वटा दमकल प्रयोग गरी आगो निभाइएको उनले बताए ।
उक्त भवनमा तीन वटा सहकारी छन् । आगो भने सगरमाथा सहकारी भएको तलामा लागेको हो । क्षति के कस्तो भएको भन्ने संकलन भइरहेको एसपी सुवेदीले जानकारी दिए । आगलागीको कारण पनि खुलेको छैन ।