• फाल्गुन २८ २०८१, बुधबार

नाकको एलर्जीबाट बच्ने उपाय

जेष्ठ ३ २०८१, बिहीबार

नाकको एलर्जीबाट बच्ने उपाय यस्ता छन् :

– एन्टिबायोटिको अनावश्यक प्रयोग नगर्ने (खासगरी बच्चाहरुमा)।
– गर्भवतीले धूमपान नगर्ने, अरुले पनि घरभित्र चुरोट सेवन नगर्ने।
– धुवाँ निस्कने सामाग्री दाउरा, पात गुइँठा, कोइला आदि नबाल्ने।
– घर भित्र हुने धुवाँ–धुलो नाकको एलर्जी हुने एक प्रमुख कारक भएकोले सोको प्रभाव कम गर्नको लागि सुत्ने डसना, तकिया आदिमा     प्लास्टिक वा विशेष एलर्जी पु्रफ फ्याब्रिकको खोल लगाउने।
– तन्ना तथा तकियाका खोलहरुलाई हरेक हप्ता ५५ डिग्री सेल्सियस तापक्रमको पानीमा धुने। घर भित्र धुलो जम्न नदिने।
– दराजमा राखेको कपडा आदिलाई समयसमयमा घाममा सुकाउने।
– कार्पेटको प्रयोग नगर्ने।
– एसी, एयर कुलर आदिको एयर फिल्टर समयसमयमा सफा गरिरहने वा बदल्ने।
– पाल्तु जनावरहरु घरभित्र नराख्ने।
अन्त्यमा, नाकको एलर्जी एक वंशाणुगत समस्या पनि भएकोले यसलाई औषधि उपचार, खानपान, रहनसहन, नियमित व्यायाम आदिले नियन्त्रणमा राख्न सकिन्छ तर पूरै निको पार्न कठिक हुन्छ।