• मंसिर १३ २०८१, बिहीबार

पूर्वडीएसपी शर्मामाथि दुव्र्यवहार गर्नेु दुर्गा प्रसाईंका समर्थक पक्राउ

जेष्ठ २ २०८१, बुधबार

काठमाडौं । पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णप्रसाद शर्मामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले रसुवाका दिलबहादुर गंदाललाई पक्राउ गरेको हो ।

उनलाई शुक्रबार पक्राउ गरिएको गौशाला प्रहरीले जनाएको छ । शर्मालाई बेन्चमा बाँधेर जुत्ताको माला लगाएको भिडियो सार्वजनिक भएपछि दिलबहादुर पक्राउ परेका हुन् । उनको समूहले वैशाख ९ गते शर्मामाथि दुव्र्यवहार गरेको खुलेको छ ।

दुव्र्यवहार गर्ने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनका समर्थकले शर्मामाथि दुव्र्यवहार गरेका हुन् ।

अराजक अभिव्यक्तिका कारण प्रसाईं पछिल्लो समय विवादित बन्दै आएका छन् । प्रसाईंकै समर्थकले बैंक तथा वित्तीय संस्थामा समेत आक्रमण गर्न थालेका छन् ।

पछिल्लो समय उनीहरूले एभरेस्ट बैंक र ज्याती विकास बैंकसहितका कार्यालयमा ढुंगामुढा प्रहार गरेका थिए ।