• जेष्ठ ४ २०८३, सोमबार

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु 

जेष्ठ १ २०८१, मंगलवार

काठमाडौँ । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

 लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा सवार अन्य ५ जना भने सकुशल छन् । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।