• मंसिर १३ २०८१, बिहीबार

डा . गोविन्द केसीले सुरु गरे २२औँ अनसन

बैशाख २९ २०८१, शनिबार

काठमाडौँ । डा. गोविन्द केसीले २२औँ अनसन सुरु गरेका छन् । अन्तिम अल्टिमेटमको अवधिमा पनि आफ्ना मागहरू सम्बोधन नभएको बताउँदै डा. केसीले शनिबार ४ बजेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

केसीले एक विज्ञप्ति जारी गर्दै तीन बुँदे माग पनि अघि सारेका छन् । जसको पहिलो बुँदामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेका छन् । ‘सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा ।

निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुग्ने सुनिश्चित गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।