काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठक अघि बढ्न नसक्ने बताएको छ ।
कांग्रेस राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।‘अर्बौंको अपचलनको कुरा छ ।
गृहमन्त्रीजी कहीँ संलग्नता छैन भन्नुहुन्छ, झन् राम्रो । संसदीय समिति बनाएर क्लिन चिट लिनुहोस,’ सिटौलाले भने, ‘पहिले पनि यस्ता कुरा उठ्दा संसदीय छानबिन समितिको अभ्यास छ । गृहमन्त्रीलाई राजीनामा दिनुस पनि हामीले भनेको छैन ।’
संसदीय छानबिन समिति बनाउन सत्तापक्षलाई सजिलै रहेको उनले बताए । ‘तर छानबिन समिति बनाउन हुन्न भन्नेमा गृहमन्त्रीजी नै देखिनुभएको छ किन बनाउन नहुने हो ?’ उनले प्रश्न गरे ।