गर्भावस्थामा रहेका महिलाहरूलाई महिलालाई अमिलो पिरो खान मन पर्छ त कोहीलाई गुलियो । यस्ता चिजहरु खान मन लाग्ने सामान्य कुरा हो । कोही महिलाहरुलाई यस्तो पनि हुने गर्दछ, गर्भावस्था हुनु भन्दा पहिला मन नपर्ने चिजहरु गर्भावस्था पछि मन पर्ने गर्छ ।
यस्तो पनि देखिएको छ केही महिलाहरु माछा, मासु खान छाडेर शाहाकारी खाना मन पराउने गर्छन् । यो पनि मान्ने गरिन्छ आइरनको कमिको कारण गर्भवती महिलालाई अनेक किसिमका खानेकुराहरु खाने मन लाग्दछ । केही अध्ययनबाट शरिरमा जिनको कमिको कारण पनि गर्भवती महिलाहरूमा यस्तो किसिमको लक्षण देखा पर्ने पत्ता लागेको छ । तर गर्भवती महिलाले खानै नहुने केही खानेकुराहरु यस्ता छन् :
१. काँचो माछा र नपकाएका मासु: माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ। राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न।
२. मर्क्युरी: यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ। मर्क्युरी बढी पाइने माछाहरु स्वर्डफिस, सार्क, टाइलफिस सेवन गर्नुहुन्न। टुना, साल्मन, क्याटफिस, पोलोक माछामा भने कम मक्र्युरी हुन्छन्।
३. क्याफिन : गर्भवतीले दैनिक २ सय मिलिग्रामभन्दा बढी क्याफिन खानुहुन्न। एक कप कफीमा ९५ एमजि क्याफिन हुन्छ भने एक कप चियामा ४७ एमजि क्याफिनको मात्रा हुन्छ।
४. अल्कोहल : अल्कोहलले पनि भर्खर विकास हुँदैं गरेका शिशुको दिमागलगायतका अंगलाई क्षति पुर्याउँछन्। यसले गर्दा पछि बच्चा मानसिक रुपमा अपांग भएर जन्मने सम्भावना हुन्छ।
५. नपखालिएका तरकारी : राम्ररी नपखालिएका तरकारीमा टोक्सोप्लाज्मा नामक परजीवी हुन्छन्। यसका कारण टोक्सोप्लाज्मोसिस हुने भएकाले यो शिशुका लागि हानिकारक हुन्छ। त्यसैले तरकारीलाई साबुनपानीले होइन, ब्रसले पानीमा पखाल्नुपर्छ। यस्तै, ब्याक्टेरिया हुन सक्ने भएकाले तरकारीको फेद र टुप्पो पनि काट्नुपर्छ।
६. पास्चराइज नगरिएको दूध : पास्चराइज नगरिएको दूध सेवन शिशुका लागि हानिकारक हुन सक्छ। त्यसैले पास्चराइज गरिएको दूधमात्र पिउनुस्। दूधलाई उमालेर पास्चराइज गरिन्छ।
७. धूम्रपान: गर्भवतीले मात्र नभइ स्वास्थ्यका लागि कसैले पनि धूम्रपान गर्नु हुँदैन। गर्भवतीले धूम्रपान गर्ने व्यक्तिको छेउछाउ पनि बस्नुहुँदैन।