काठमाडौं । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आज पर्न गएको मजदूर दिवसका विभिन्न कार्यक्रमहरुप्रति एक्यवद्धता जनाएको छ । संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै श्रमिक दिवसप्रति ऐक्यवद्धता जनाएका हुन् ।
विज्ञप्तिमा केसीले ‘विश्व सर्वहारावर्गका असली र क्रान्तिकारी प्रतिनिधिहरुका रुपमा रहेका आधुनिक मजदुरहरुको १३५औं मे दिवसप्रति ऐक्यबद्धता जाहेर गर्न चाहन्छ र वैज्ञानिक साम्यवादमा पुगेपछि मात्र मजदुरहरुका मागहरू पुरा हुने भएकोले पुँजीवादको गर्भबाट जन्मिएका आधुनिक मजदुरहरुले फेरि पनि भ्रमहरुलाई चिर्दै मे दिवसलाई क्रान्तिकारी रुपान्तरणका निम्ति अबको मजदुर आन्दोलनलाई वैचारिक रुपले नयाँ तवरबाट डोर्याउने उद्धेश्यका साथ अध्ययन अनुसन्धान र संश्लेषणको रुपमा आवश्यक छ ।’
केसीले विज्ञप्तिमा आफ्नो र सम्पूर्ण मानव जातिको मुक्ति प्राप्त गर्नका लागि विश्वभरका सम्पूर्ण आधुनिक मजदुरहरुलाई चालु नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्तिमा लामबध्द हुन हार्दिक अनुरोध गरेका छन् ।