काठमाडौं । बझाङमा भएको उपनिर्वाचनमा प्रदेश सभा सदस्यमा नेकपा एमालेले जित हासिल गरेको छ ।
एमालेबाट उम्मेदवार रहेका दमन भण्डारी निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गरे ।
निर्वाचनका कार्यालयका अनुसार निर्वाचित भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन् । यस्तै उनका प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे। सिंहभन्दा २६६ मतको झिनो अन्तरले भण्डारी निर्वाचित भएका हुन् ।
यस्तै ढकियाले ३ हजार ८ सय ३१ मत प्राप्त गरेको छ भने कलममा २ हजार ५१४ मत परेको छ ।