काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली टिम र गुजरात स्टेट टिमबीच आइतबार फ्रेन्डसिप कप त्रिकोणीय टी–२० सिरिजको पहिलो खेल भइरहेको छ ।
भारतको भापीमा पहिला बलिङ गरेको नेपालले गुजरातलाई ९८ रनमा अलआउट गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ रोजेका थिए । जसलाई नेपाली बलरले सही सावित गरे ।
गुजरात १८.२ ओभरमा अलआउट गर्ने क्रममा नेपालका लागि गुल्सन झाले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिएका थिए । यस्तै करण केसीले ३ विकेट लिए भने सोमपाल कामीको नाममा १ विकेट रह्यो ।
गुजरातका लागि ओपनर रुद्र मयुर पटेलले सर्वाधिक २३ रन बनाएका थिए । उनी दीपेनद्रसिंह ऐरीबाट रनआउट भएका थिए । जारी प्रतियोगितामा अर्को स्टेट टिम बरौडा छ ।