• मंसिर १४ २०८१, शुक्रबार

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा छुटे

चैत्र ५ २०८०, सोमबार

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन् । १४ किलो सुन प्रकरणमा पक्राउ परेका गुरुङलाई काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दियो ।

१४ फागुनमा पक्राउ परेका गुरुङविरुद्ध त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड बिगो मागदाबी गर्दै शुक्रबार मुद्दा दर्ता गरेको थियो । दुबईबाट आएको १४ किलो सुनतस्करीमा उनको कनेक्सन देखिएको प्रहरीको दाबी छ ।