• मंसिर १४ २०८१, शुक्रबार

जनमत पार्टीले पहिचानसहितको प्रदेश सीमाङ्कन र नामाङ्कनको लागि आन्दोलनको गर्ने

चैत्र ४ २०८०, आईतवार

वीरगन्ज । सिके रावतको जनमत पार्टीले पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको छ ।

पर्साको वीरगन्जमा २ दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनको मर्म अनुसार पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको पार्टी अध्यक्ष डा. सीके राउते बताए ।

यस्तै बैठकले आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । यस्तै २०८० जेठ १५ गते काठमाडौँमा हुने आमसभालाई सम्पन्न गर्न आवश्यक तयारी गर्ने निर्णय गरेका अध्यक्ष राउतले बताए ।

राउतका अनुसार किसानहरूलाई समयमै मलखाद र बिउँ उपलब्ध गराउन सरकारलाई दबाब दिने निर्णय भएको छ । यस्तै मधेस–थरुहट आन्दोलनको मर्मअनुसार लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउनका लागि नेतृत्व लिने निर्णय गरेको अध्यक्ष राउतले बताए ।

बैठकले सदस्यता वितरण अभियान चलाउने, बाँकी प्रदेशमा पार्टी विस्तार गर्ने, भातृ संगठनहरु विस्तारमा जोड दिने निर्णय गरेको छ ।