• जेष्ठ ५ २०८३, मंगलवार

पूर्वआईजिपीद्वय सिंह र खनाललाई राज्यको निगरानीमा राख्न सिफारिस

चैत्र ४ २०८०, आईतवार

काठमाडौं । सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित आयोगले दुई पूर्वप्रहरी प्रमुखलाई निगरानीमा राख्न सिफारिस गरेको छ ।

६१ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्ली आचार्य संयोजकत्वको छानबिन समितिले पूर्वमहानिरीक्षक धिरजप्रताप सिंह र सर्वेन्द्र खनाललाई सुन तस्करहरुसँग निरन्तर सम्पर्कमा रहेको ठहर गर्दै निगरानीमा राख्न सुझाव दिएको हो ।

गृह मन्त्रालय स्रोतले भन्यो, ‘दुई पूर्वमहानिरीक्षक सिंह र खनाललाई निगरानीमा राख्न सिफारिस गरेको छ ।’ त्यस्तै, छानबिन समितिले एसपी सञ्जय सिंह थापालाई निगरानीमा राख्न भनेको छ ।