फिदिम । तेह्रथुममा आगलागीबाट १९ वटा घर जलेर नष्ट भएका छन् । फेदाप गाउँपालिका-१ सिम्लेमा आइतबार भएको आगलागीबाट दिउँसोसम्म १९ घर जलेर नष्ट भएको वडाध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए ।
आगो अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको उनले बताए । पहाडी क्षेत्र र पानीको समस्या भएका कारण आगलागी नियन्त्रणमा लिन नसकिएको वडाध्यक्ष श्रेष्ठले बताए । आगलागीबारे थप विवरण आउन बाँकी छ ।