• जेष्ठ ५ २०८३, मंगलवार

सुनको मूल्यमा गिरावट, आज कतिमा भइरहेछ कारोबार ?

चैत्र ४ २०८०, आईतवार

काठमाडौं । सुनको मूल्यमा आइतबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सयले रुपैयाँले ओरालो लागेको हो ।

महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला एक लाख २५ हजार कायम छ । शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार चार सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार चार सय तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भएको चाँदी आज भने रु एक हजार पाँच सय ३० कायम गरिएको छ ।