• मंसिर १२ २०८१, बुधबार

लिभरपुल र सिटी बराबरीमा रोकिए, उपाधि होड रोमाञ्चक

फाल्गुन २८ २०८०, सोमबार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् । उपाधि दाबेदार मानिएका यी दुवै टोलीले १-१ को बराबरी खेल्दै अंक बाँडे ।

सिटीले पहिलोमा हाफमा उत्कृष्ट प्रर्दशन गरेको थियो । घरेलु टोली लिभरपुलमाथि दबाब राख्दै सिटीले २३औं मिनेटमा अग्रता बनाएको थियो । मिडफिल्डर केभिन डी–बु्रयनाको कर्नर पासमा अर्का मिडफिल्डर स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा सिटीले १-० को अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा भने घरेलु टोली लिभरपुल सिटीमाथि हाबी भयो । ५०औं मिनेटमा सिटीका गोलरक्षक इडर्सनले डी–बक्स भित्र लिभरपुलका उग्रुवेन फरवार्ड डार्बिन नुनेजलाई खराब ट्याकल गर्दै लडाए । नुनेजलाई लडाएपछि पाएको पेनाल्टीमा अर्जेन्टाइन मिडफिल्डर म्याक–एलिस्टर गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

नुनेजमाथि ट्याकल गर्ने क्रममै सिटीका गोलरक्षक घाइते भएर ५६औं मिनेटमा सब्सिच्युट भएका थिए । उनलाई अर्का गोलरक्षक स्टेफन ओर्टेगाले सब्सिच्युट गरेका थिए ।

दोस्रो हाफमा लिभरपुल सिटीमाथि हाबी भयो भने सिटी रक्षात्मक देखिएको थियो । ५३ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राख्दै लिभरपुलले सिटीको पोस्टमा १९ पटक आक्रमण गरेको थियो । सिटीले भने जम्मा १० पटकमात्रै पोस्ट चार्ज गरेको थियो । जसमा दुवै पक्षबाट ६ वटा सट मात्रै अन टार्गेट थिए ।

उपाधि दाबेदार मानिएका यी दुवै टोली बराबरीमा रोकिएसँगै प्रिमियर लिगको उपाधि होड थप रोमान्चक बनेको छ । उपाधि होडमा आर्सनल, लिभरपुल र सिटी देखिएका छन् । २८ खेलबाट ६४ अंकसहित आर्सनल शीर्ष स्थानमा छ भने लिभरपुल दोस्रो स्थानमा छ । समान अंक भए पनि गोल अन्तरले लिभपुर पछि परेको छ । यता २८ खेलबाटै ६३ अंकसहित सिटी तेस्रो स्थानमा छ ।