• मंसिर १२ २०८१, बुधबार

नेपाली तेक्वान्दो खेलाडीले मलेसियामा १ स्वर्ण सहित ४ पदक हात पारे

फाल्गुन २१ २०८०, सोमबार

मलेसिया । फेब्रुअरी २९ तारिख देखि मार्च ३ तारिख सम्म मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली तेक्वान्दो खेलाडीहरुले १ स्वर्ण पदक, एक रजत पदक र दुइ कास्य पदक गरि जम्मा ४ पदक जितेका छने ।

नेपाल आइटिएफ महासंघका कोषाध्यक्ष समेत रहेका कोच बिक्रम बाठामगरको नेतृत्वमा एक जना महिला र ३ जना पुरुष गरि जम्मा ४ जना खेलाडीहरु उक्त प्रतियोगितामा समाहित भएका थिए। खेलाडीहरु बिरेन्द्र कवर, कैलाश अर्याल, देवेन्द्र सुनार र सजिना तामाङले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

सजिना तामाङले प्रदर्शन काता शो मा रजत पदक जितिन भने स्पारिङग खेल फाइटमा स्वर्ण पदक जितिन। त्यसैगरी खेलाडी बिरेन्द्र कवरले दुइ कास्य पदक जिते। खेलाडी कैलाश अर्यालको खुट्टामा चोट लागेको छ । खेल्ने क्रममा अर्याल घाइते भएका थिए। खेल जित्दै अगाडी बढेका खेलाडी देबेन्द्र सुनार अन्तिम राउन्डमा आउट भएका थिए। राम्रो खेल प्रदर्शन गर्दै देशको लागि पदक दिलाउने खेलाडीहरुलाई मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले बधाई तथा शुभकामना दिएका हुन् ।

खेलाडीको हौसला बढाउन र सम्मान गर्न रोल्पाली सेवा समाज मलेसियाको टिम र नेपाल मगर संघ मलेसियाका पदाधिकारीहरु रंगशालामा पुगेर खेलाडी तथा कोचहरुलार्इ खादा, माला, पुष्पगुच्चा र कदरपत्रले सम्मान गरेका थिए।

रोल्पाली सेवा समाजका केन्द्रीय उपाध्यक्ष लालकुमारी रोकामगर, मलेसिया शाखाका अध्यक्ष तिपेन्द्र बुढा मगर, मलेसिया शाखाका प्रमुख सल्लाहकार पुस्पकमल पुनमगर लगात धेरै नेपालीहरु खेलाडीलाइ बधाई दिन, सम्मान तथा बिदाइ गर्न रंगशाला पुगेका थिए । त्यसैगरी नेपाल मगर संघ मलेसियाका पदाधिकारी छेत्रलाल बुढामगरले खेलाडी तथा कोचलाइ रंगशालामा गएर सम्मान गर्दै तथा बधाई ज्ञापन गरेका हुन् ।

सम्मान कार्यक्रममा रोल्पाली सेवा समाजका केन्द्रिय उपाध्यक्ष लालकुमारी रोकाले नेपाली खेल जगतमा खेलाडीहरुले दिएको योगदान हामी प्रवासमा रहेका नेपाली श्रमिकहरुले गर्व गर्न लायकको भएको र यस प्रतियोगितामा हासिल गरेको मेडल तथा सफलताले राष्ट्रको शिर उच्च भएको बताउँदै तपाइहरुको कठिन मेहनत र योगदानको सम्मान हुनुपर्छ र सरकारले दिने सेवा सुविधाहरुमा कुनै कसुर बाकी राख्नु हुदैन हामी सधै खेलाडीहरुको साथ र समर्थनमा हुनेछौं भन्ने संक्षिप्त्त भनाइ राखेका थिए । रोल्पाली सेवा समाज र मगर संघले सम्मान गरे पछि खेलाडी र कोचहरुमा खुशीयाली छाएको थियो। प्रसन्न मुद्रामा कोच बिक्रमले संमान र कदरको लागि रोल्पाली सेवा समाज र नेपाल मगरसंघलाइ विशेष धन्यवाद दिएका थिए ।