• फाल्गुन २९ २०८२, शुक्रबार

नयाँ सत्ता समिकरण बारे ३ दलबीच छलफल, आजै नयाँ मन्त्रिमण्डल गठनको तयारी

फाल्गुन २१ २०८०, सोमबार

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा तीन दलको बैठक बसेको छ । सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको हो ।

छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।

माओवादीको पदाधिकारी बैठक सकिएलगत्तै नयाँ गठबन्धनका तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीले आजै नयाँ गठबन्धन दलबाट सानो आकारमा मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।