काठमाडौं । नेपालमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गत आज भएकाे खेलमा नेपाल नामिबियासँग पराजित भएकाे छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँग २० रनकाे पराजय व्यहाेरेकाे हाे ।
नामिबियाले दिएकाे २ सय ७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाली टाेली १ सय ८६ रनमा राेकियाे । नेपाल १८.५ ओभरमा अलआउट भयाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४८, रोहितकुमार पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए ।
नामिबियाका रुबेन ट्रम्पलम्यानले चार तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिंक र जान निकोल लफ्टी इटनले २–२ विकेट लिए ।