• मंसिर १२ २०८१, बुधबार

आईसीसी विश्वकप लिग-२ : नामिबियासँग नेपालको लगातार दोस्रो हार

फाल्गुन ९ २०८०, बुधबार

काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

बुधबार भएको खेलमा नामिबियाले नेपालमाथि २ विकेटको जित दर्ता गरेको हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

लिगको अन्तिम खेलमा नेपालले आइतबार नेदरल्याण्डस्सँग खेल्नेछ। नेपालले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो ।

नामिबियाका लागि कप्तान गेहार्ड इरासमसले बनाएको ५२ रन नै सर्वाधिक रह्यो । ५६ बलमा ८ चौका र २ छक्का हानेका रासनमस २२ औँ ओभरको अन्तिम बलमा करण केसीको हातबाट क्याच आउट भए ।