• मंसिर १२ २०८१, बुधबार

नेपालले नामिबियालाई दियो १३३ रनको झनो लक्ष्य

फाल्गुन ३ २०८०, बिहीबार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको झिनो लक्ष्य दिएको छ । खराब सुरुवात गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल झिनो स्कोरमै खुम्चियो ।

नेपालका ब्याटर भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । यस्तै गुल्सन झा २१, करन केसी १६, कुशल मल्ल १५ तथा पवन सर्राफले १२ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नामिबियाका बलर जेरार्ड एरामसले नेपालका ५ विकेट लिए । ८.१ ओभर बलिङ गरेका उनले मात्र २८ रन खर्चेका थिए ।