• जेष्ठ ६ २०८३, बुधबार

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार प्रकरणमा दोषी ठहर

माघ १९ २०८०, शुक्रबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रबार उनलाई दोषी ठहर गर्दै १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो ।

नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २०७९ साउनमा काठमाडौंबाट घुस ६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनी चढेको गाडी थप साढे १६ लाख रुपैयाँ पनि अख्तियारले बरामद गरेको थियो । यो प्रकरणमा हरिभक्त श्रेष्ठ पनि पक्राउ परेका थिए । विशेषले श्रेष्ठलाई भने सफाइ दिएको छ ।