काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत शुक्रबार भएको खेलमा पहिले व्याटिङ गरेको भारतले नेपाललाई २सय ९८ रनको विशाल लक्ष्य दिएको छ। सचिन दास र उदय सहरनको दुई सतहसहित नेपालले कठिन लक्ष्य पाएको हो।
जारी सुपरसिक्सको खेलमा भारत शिर्ष शिर्षमा छ। नेपालसँगको खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउने वाटोमा भारत रहेको छ।
दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रनको योगफल तयार पारेको हो।
चौथो विकेटका लागि कप्तान उदय सहरान र सचिन दासले विशाल साझेदारी गरेपछि भारतले नेपालसामु विशाल योगफल खडा गरेको हो।
१०१ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १ सय १६ रन बनाएका सचिन गुल्शन झाको बलमा क्याच आउट भए। सचिनले ९३ बलमा १० चौका र २ छक्का मद्दतमा शतक पूरा गरेका थिए।