• मंसिर १५ २०८१, शनिबार

बैंकहरुपनि मिटरब्याजी जस्तै हुन् : केपी ओली

माघ १९ २०८०, शुक्रबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले बैंकहरुमाथि गम्भीर आरोप लगाएका छन् । उनले बैंक मिटरब्याजी जस्तै बनेको टिप्पणी गरे । शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बैंकिङ क्षेत्रविरुद्ध भइरहेको आन्दोलन गलत भएको बताए ।

तर त्यसका लागि आधार बैंकहरुले पनि दिएको भन्दै उनले भने, ‘बैंक मिटरव्याजी होइन र ? तीन महिनामा सावाँमा व्याज गाभ्ने अनि त्यही त हो नि मिटरव्याजी भनेको ।’

बैंकहरुले धितोका कारण आफूले दिएको ऋण सदुपयोग भएको छ कि छैन नहेर्ने गरेको उनले बताए । ‘धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम होइन’ उनले भने, ‘बैंकले लगानी गरेपछि अनुगमन पनि गर्नुपर्छ, सदुपयोग भएको छ छैन पनि हेर्नुपर्छ ।’

बैंकको व्याजदरमाथि पनि प्रश्न उठाए । सर्वसाधारण मात्र होइन, राष्ट्र बैंकबाट पनि सस्तो ब्याजमा रकम उठाउने गरेको भन्दै उनले धेरै ब्याज लिन नहुने बताए ।