काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकारीहरुले व्यवसायी अरुण चौधरीलाई पक्राउ गर्नुअघि ३ महिना अनुसन्धान गरेको बताएका छन् ।
लामो अनुसन्धानपछि बिहीबार चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।
काठमाडौंस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना बारे अनुसन्धान गर्न सीआईबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको थियो ।
समितिले ३ महिनाको अनुसन्धानपछि अवैध तरिकाले सरकारी जग्गा हिनामिना गरेको रिपोर्ट बुझाएसँगै चौधरी पक्राउ परेका हुन् ।
‘बाँसबारीको जग्गाबारे ३ महिना अनुसन्धान गरेका छौं’ ब्यूरो प्रमुख किरण बज्राचार्यले भनिन्,‘मुद्दाबारे हामीले सरकारी वकिल र अन्य कानूनविदहरूसँग पनि छलफल गरेका थियौँ ।’