• मंसिर १५ २०८१, शनिबार

छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा आफन्त पक्राउ परेपछि राष्ट्रपतिका सल्लाहकार पुगे सीआइबीमा

माघ १८ २०८०, बिहीबार

काठमाडौँ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा आफ्ना नातेदार समेत पक्राउ परेपछि उनी लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका हुन् ।

बिहीबार अपराह्न सीआईबी पुगेका उनले सीआईबीकी प्रमुख किरण बज्राचार्यसँग भेट गरेका छन् । बिहीबार नै पक्राउ परेका अजित नारायणसिंह थापा उनको नातेदार भएको बताइएको छ । सुनिल थापा कांग्रेस नेता तथा पूर्वमन्त्री समेत हुन् भने आफन्त पक्राउ परेसँगै हतारहतारमा सीआईबी पुगेका हुन् ।

पक्राउ परेका थापा छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष हुन् भने सोही प्रकरणमा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।