• आश्विन १३ २०८१, आईतवार

दुर्भावनालाई स्वागत नगर्नुस्

माघ १८ २०८०, बिहीबार

तपाईभित्र अरूको भन्दा बुद्धि कम छ भनेर कहिल्यै नसोच्नुस् । भगवानले तपाईलाई वुद्धि दिएनन् भनेर पनि नसोच्नुस् । भगवान तपाईसँग रिसाएको पनि नसोच्नुस् ।

तपाईले यस्तो सोच्न थालेपछि दुःखकष्ट र दुर्भावनालाई तपाईले आफूतिर आकर्षित गर्न थाल्नु हुन्छ । यो भनेको आफूमाथि कष्टको बोझ थोपर्नु हो ।

यस्तो निराशाजनक र शङ्कास्पद कुविचारले तपाईको वरिपरिको वातावरणलाई पनि फोहर बनाउँछ । दुषित बनाउँछ । कुविचार तपाईको मनमा संस्कार बनेर विराजमान हुन्छ ।

यसो गरेर तपाईले आफ्ना शत्रुलाई पाहुना बनाएर स्वागत गर्न थाल्नुहुन्छ । जो तपाईको हृदयमा डेरा जमाएर मजासँग बस्न थाल्छन् । यनीहरूले तपाईको घरमा सदाका लागि अधिकार यो भूल तापाईकै हो तपाईले नै शत्रुलाई घरमा छिराउनु भएको छ ।

तपाईको घर र अधिकार अब तपाईको सोचबाट गुमिसकेको छ । हरेक कुराले आफू समान भएको गुणलाई आफूतिर आकर्षित गर्छ । तपाईमा गलत गुणले घर माएर बस्न थालेपछि अब थप नराम्रा कुरा तपाईतिर आकर्षित हुन थाल्छन् । तपाईका काम एकपछि अर्को गरी विफल हुँदै जान थाल्छन् ।

यसको विपरीत उत्साह, आत्मविश्वास र दृढ विचारले कार्यसिद्धि हुन्छ । सफलता पाइन्छ । यो गुणले समान गुणलाई आकर्षित गर्छ । त्यसपछि तपाईको प्रगति, उन्नति र सफलता चुलिन थाल्छ ।

तपाईको कार्यसिद्धिको निपूर्णता पहिले मनबाट सुरू हुन्छ । मानसिक भाव नै जीवनरूपी महलको नमूना हो । आशङ्का, भय, निराशा र दुविधाले उत्साह, जाँगर, विश्वास र लगनशीलतामा ह्रास ल्याइदिन्छ ।

तपाई आफूले व्यापार गरिरहनु भएको भने यस कुरा नसोच्नोस् । ‘पशु बिग्रन्छ, एकमनले मानिस बिग्रन्छ, दोमनले’ भन्ने उखान ख्यालमा राख्नुस् । बजार अस्थिर छ, प्रतिस्पर्धा छ, घाटा हुन्छ क्या रे भनेर त्रसित मनोभाव नराख्नुस् ।

यसो गर्नुभयो भने तपाईको विजनेस चौपट हुन्छ । हिम्मत गर्नुस् र निरन्तरता दिनुस् । भनिन्छ, ‘सही घरवार, रही व्यापार !’ यसको आशय हो, दुःख सहन गर्न सकेपछि घरवार बन्छ भने निरन्तर विजनेसमा रहिरहे मात्र नाफा र फाइदा हुन्छ ।

होइन भने घातक नतिजा तपाईको अगिल्तिर आउँछ । सम्पूर्ण प्रगतिका बाटा बन्द हुन्छन् । असफलताको भयबाट ग्रस्त मानसिकताले परिश्रम गर्न दिँदैन र केही हात लाग्दैन पनि !

(लेखक स्वेट मार्डनको ‘वैज्ञानिक सफलता’, विनिता पौडेल अनुवादित पुस्तकबाट )