हात दुख्दा रोग र अवस्थाअनुसार फरक-फरक लक्षण देखिन्छन् ।
नसा च्यापिएमा : घाँटीदेखि हातसम्म पूरै दुख्ने, हात झर्लाजस्तो हुने, हातको औंलाको टुप्पोमा आगोले पोलेजस्तो महसुस हुने, हात झमझम हुने हुन्छ ।
बाथ रोग : हातको जोर्नी लगातार दुख्ने, बिहान उठ्नेबित्तिकै हात साह्रो हुने, चलाउन गाह्रो हुने हुन्छ ।
हातको हड्डी वा मांसपेशीमा ट्युमर पलाएमा : लगातार सहन नसक्ने गरी दुख्ने, हातमा मासुको फोका वा पानीको डल्लोजस्तो देखिने हुन्छ । हात लाटोजस्तो हुन्छ ।