• मंसिर १५ २०८१, शनिबार

सरकारले इतिहासले सम्झिने कामहरू अगाडि बढाएको छ : प्रधानमन्त्री प्रचण्ड

माघ १७ २०८०, बुधबार

काठमामडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको वर्तमान सरकारले एक वर्ष र एक महिना पूरा गरिसकेको भन्दै यस बीचमा सरकारले कतिपय इतिहासले सम्झिने गरी साहसिक र जनपक्षीय कामहरू पनि अगाडि बढाएको बताएका छन् ।

नेपाल टेलिभिजनको स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिन जस्ता घटनाले राज्य शक्तिको दुरुपयोगमार्फत् अपराध कर्मको पर्दाफास गर्दै लगेको छ ।’