• जेष्ठ ६ २०८३, बुधबार

सिन्धुपाल्चोकको हेलम्बुमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

माघ १७ २०८०, बुधबार

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते छन्।

घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। घाइते नेपाली जिप चालक हुन्। प्रहरीकाअनुसार मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन्।