• आश्विन १३ २०८१, आईतवार

उच्च रक्तचाप हुने कारणहरू र नियन्त्रण गर्ने उपायहरू

माघ १७ २०८०, बुधबार

रक्तचाप भनेको मुटु खुम्चिदा र फैलिदा रक्त नलीको भित्तामा पर्ने दबाब हो । सामान्यतया रक्तचापलाई मिलिमिटर अफ मर्करी (mmHg) मा नापिन्छ । मुटु खुम्चिदा नापिएको रक्तचापलाई “सिस्टोलिक रक्तचाप” (SBP) भनिन्छ, र मुटु फैलिदा नापिएको रक्तचापलाई “डायस्टोलिक रक्तचाप” (DBP) भनिन्छ ।

उच्च रक्तचाप भनेको त्यस्तो अवस्था हो जहाँ SBP 140 mmHg बराबर वा सो भन्दा बढी रहिरहन्छ, अथवा DBP 90 mmHg बराबर वा सो भन्दा बढी रहि रहन्छ ।

रक्तचाप बढाउने कारणहरू
धुम्रपानको सेवन
मोटोपना
शारीरिक गतिविधिमा कमी
मदिराको सेवन
नुनिलो खानेकुरा
मानसिक तनाव

नियन्त्रण गर्ने उपायहरू
धुम्रपान पूर्णरूपले बन्द गर्नु अनिवार्य हुन्छ
कम्तिमा १०% तौल घटाउनु पर्छ
प्रतिदिन आधा घण्टा भन्दा बढी हिड्नु पर्छ
अत्यधिक मदिरा सेवन गर्नु हुदैन
नुन कम खानुपर्छ
मानसिक तनाव कम गर्नुपर्छ