• जेष्ठ ६ २०८३, बुधबार

नक्कली भ्याट बिल प्रकरणः सर्वोच्चबाट भाटभटेनी दोस्रो पटक दोषी ठहर

माघ १६ २०८०, मंगलवार

काठमाडौं । नक्कली भ्याट बिलमार्फत् कर छलि गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोस्रो पटक दोषी ठहर भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलबार सफाइ दिन अस्वीकार गरेको छ।

न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजश्व ठगी गरेको भनी यसअघि दुई न्यायाधीशको इजलासबाट गरेको आदेश सदर गर्ने फैसला गरेको छ।

सर्वोच्चको यो फैसलापछि अब भाटभटेनीले सरकारलाई करिब १३ करोड रुपैयाँ नक्कली भ्याट बिलमार्फत् राजश्व ठगी गरेको पाइएको थियो। भाटभटेनीले एक वर्षमै ३ करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजश्व ठगी गरेको पाइएको थियो।

उक्त मुद्दा केही दिनदेखि सर्वोच्चको पूर्ण इजलासमा बहस भइरहेको थियो। नक्कली भ्याट बिल प्रकरणमा लगातार ५ वर्षसम्म सुनुवाइ गर्दै तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले २०७६ पुस २६ गते अन्तिम फैसला सुनाउँदै भाटभटेनीलाई दोषी ठहर गरेको थियो।