• जेष्ठ ६ २०८३, बुधबार

सीआईबीले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जितलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस

माघ १६ २०८०, मंगलवार

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जित कुमार यादवलाई क्षतिपूर्ति दिलाउन सिफारिस गरिएको छ।

महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डाक्टर यादवलाई १० हजार क्षतिपूर्ति दिलाउन भन्दै मानव अधिकार आयोगले सिफारिस गरेको हो।

आफूलाई सीआईबीले गत साउन २५ गते गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखेको र मानसिक यातना दिएको भन्दै डाक्टर यादवले आयोगमा उजुरी दिएका थिए।

पुस १९ गतेको निर्णयले डाक्टर यादवलाई १० हजार क्षतिपूर्ति दिन भन्दै आयोगले सरकारलाई सिफारिस गरेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए।