• जेष्ठ ६ २०८३, बुधबार

सशस्त्र प्रहरीका इन्सपेक्टर लामो समयदेखि सम्पर्कविहीन

माघ १६ २०८०, मंगलवार

काठमाडौं । सशस्त्र प्रहरी बलका १ जना निरीक्षक (इन्सपेक्टर) लामो समयदेखि सम्पर्कविहीन (गैरहाजिर) रहेका पाइएको छ। सशस्त्र प्रहरी बलका निरीक्षक सुशान्त थापा लामो समयदेखि सम्पर्कविहीन रहेका हुन्।

गृह मन्त्रालयले मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै इन्सपेक्टर थापालाई सम्पर्कमा आउन भनेको छ। अबको ७ दिनभित्र सम्पर्कमा नआए उनलाई सेवाबाट बर्खास्त गरिने मन्त्रालयले जनाएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले भने उनलाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ। इन्सपेक्टर थापा गत मंसिर २१ गतेदेखि सम्पर्कविहीन रहेका पाइएको हो।