• जेष्ठ ६ २०८३, बुधबार

न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन

माघ १६ २०८०, मंगलवार

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासेनीको निधन भएको छ ।

अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार हृदयाघातका कारण न्यायाधीश मरासेनीको निधन भएको हो । उनी मरासेनीको मृत्युको खबर सुनेपछि नेसनल हस्पिटल कलंकी पुगेका थिए ।

उच्च अदालतको न्यायाधीश नियुक्त भएर अघिल्लो साताबाट मात्र काम थालेका मरासेनी लामो समय जिल्ला न्यायाधीश भएर काम गरेका थिए ।