• जेष्ठ ६ २०८३, बुधबार

बेलायतमा नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका नेम्वाङ पाँचथरबाट पक्राउ

माघ १५ २०८०, सोमबार

काठमाडौं । बेलायतमा बसोबास गर्ने नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका सूर्यकुमार नेम्वाङ पक्राउ परेका छन् ।

बेलायतको लण्डनमा नै बसोबास गर्दै आएको भनिए पनि नेपालको पाँचथरस्थित आफ्नो घरमा आएका बेला नेम्वाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पाँचथरको फिदिम नगरपालिका–४ घर भएका नेम्वाङ लण्डनबाट आफ्नो घर आएको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पाँचथर प्रहरीले नेम्वाङलाई पक्राउ गरेर काठमाडौं पठाएको छ ।