• आश्विन १३ २०८१, आईतवार

काठमाडौँमा आज यो वर्षकै बढी चिसो,बच्न अपनाउनु पर्ने उपायहरु :

माघ १४ २०८०, आईतवार

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ ।

जोडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी समेत हुने गरेका छन् । चिसोमा धेरै मानिसलाई रुघाखोकी सँगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ ।

यो मौसममा विशेषगरी साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । यस्तोमा चिसोबाट बच्न विभिन्न सावधानी अपनाउन आवश्यक हुन्छ ।

यस्तो छ चिसोबाट बच्न अपनाउनु पर्ने उपायहरु :
– चिसोबाट बच्न धेरै भन्दा धेरै शरीरलाई ऊर्जा दिने खानेकुरा सेवन गर्नु पर्छ ।
– यो मौसममा दूध र दूधजन्य पदार्थ लगायत प्रोटिनयुक्त खानेकुरा खानु लाभदायी हुन्छ ।
– जाडोमा चिया, दाल र तरकारी समेत अदुवाको हालेर सेवन गरे उत्तम हुन्छ ।
– यो मौसममा शरीरलाई सधै न्यानो बनाएर राख्नु पर्दछ ।
– चिसोमा बाहिर हिँड्दा बाक्लो कपडा लगाउनु पर्छ ।
– सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो स्वेटर वा ज्याकेट लगाउनु पर्छ ।
– दैनिक समय मिलेसम्म एकपटक घाममा बस्दा शरीरले राम्ररी भिटामिन डि पाउँछ ।
– बढी जाडो भएमा शरीरमा तोरी, जैतुन र तिलको तेलले मालिस गर्न सकिन्छ ।
– महमा प्रशस्त आइरन पाइने भएकाले चिसोमा यसको सेवन गर्नु उत्तम मानिन्छ ।
– महलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि समेत महत्वपूर्ण मानिन्छ ।