• जेष्ठ ६ २०८३, बुधबार

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखलाई प्रहरीले हातपात गरे

माघ १२ २०८०, शुक्रबार

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालमाथि विमानस्थलकै प्रहरीले हातपात गरेका छन्।

अध्यागमन कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न खोज्दा प्रमुखमाथि नै प्रहरीले हातपात गरेको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले गोलखबरलाई जानकारी दिए।

‘अध्यागमन कर्मचारीमाथि हातपातको रिपोर्ट भएको थियो’, उनले भने, ‘कसको गल्ती भनेर सीसीटीभी कार्यकक्षमा हेर्दा प्रहरीले ज्यादती गरेको भेटियो र त्यसबारे प्रहरीसँग बुझ्दा हाकिममाथि पनि हातपात भएको हो।’